भारतीय चर्चित अभिनेता बिनोद खन्नाको निधन


काठमाडौंः भारतीय चर्चित अभिनेता बिनोद खन्नाको निधन भएको छ । सांसदसमेत रहनुभएका खन्नाको ७० वर्षको उमेरमा बिहीबार मुम्बईमा निधन भएको हो । खन्ना लामो समयदेखि बिरामी पर्नुभएको थियो । उहाँले थुर्पै फिल्महरुमा अभियन गर्नुभएको छ । 

गत अप्रिलदेखि उहाँ सिकिस्त बिरामी पर्नुभएको थियो । खन्ना भारतीय जनता पार्टीको तर्फबाट सांसदसमेत बन्नुभएको थियो । 
१ सय ४० वटा भन्दा बढी फिल्मा अभियन गरेका खन्ना पछिल्लो समय ब्लड क्यान्सरका कारण पीडित हुनुहुन्थ्याे । उहाँको म्बईको एचएन रिलायन्स फउण्डेशन एण्ड रिसर्च सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो ।

सन् १९४६ मा जन्मिएका खन्ना बलिउडका सुपरस्टार अभिनेता हुनुहुन्थ्याे । खन्नाले सन् १९६८ मा ‘मन का मित’ चलचित्रमार्फत उनले बलिउडमा डेब्यु गर्नुभएकाे थियाे। सुरुमा भिलेनको भूमिकामार्फत अभिनय सुरु गरेका खन्ना आफ्नो जीवनकालभर सुपरहिट अभिनेता रहन सफल हुनुभयाे ।
सन् १९९८ देखि राजनीतिमा क्रियाशील भएका खन्ना राजनीतिमा पनि सफल मानिनुहुन्छ । उहाँ पञ्जावको गुरदासपुरबाट चार पटकसम्म सांसद निर्वाचित हुनुभएकाे थियाे । सन् २००३ मा अलट बिहारी बाजपेयीको प्रधानमन्त्री हुँदा उहाँ बिदेश राज्यमन्त्रीसमेत बन्नुभएकाे थियाे ।  



यो पेज​ शेयर गर्नुहोस्